काठमाडौं, असोज १ः बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका राजदूत H.E. Mr. Mazhar Javed संग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत H.E. Mr. Mazhar Javed र प्रधान सेनापति पूर्णचन्द्र थापा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल
भएको थियो ।
मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।