सर्लाही, भदौ ३१ः लगातारको वर्षाका कारण सर्लाहीको मलगंवा नगरपालिका ११ का लक्ष्मी रायको खपडाले छाएको बाँसको टाँटीले बनेको कच्ची घर पूर्ण रुपमा भत्कीएको छ ।
खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट प्रहरी सहायक निरीक्षक सुनिल शर्माको कमाण्डमा खटिएका टोलीले सो स्थानमा गएर बुझ्दा करिब दुई लाख बराबरको क्षेती भएको प्रहरीले जानकारी दिएको हो ।
उक्त घर भत्किँदा कुनै पनि मानविय तथा पशु चौपायाको क्षेती नभएको तथा उनीहरुको १० जनाको परिवार रहेकोमा सबैजना सुरक्षित भई अर्को घरमा बसोबास गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी अवैध रुपमा भन्सार छली भारतबाट नेपाल ल्याएको राँगा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार सर्लाहीको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट नेपाल तर्फ ल्याउँदै गरेको ११ वटा राँगा प्रहरी चौकी मधुवनगोठबाट खटीएको प्रहरीको गस्ती टोलीले बरामद गरेको हो ।
प्रहरीले उक्त राँगालाई नियन्त्रणमा लिई कार्यालयमा ल्याई राखिएको बताइएको छ ।
त्यस्तै अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको मललंगवा नगरपालिका ३ नगरपालीका चोकबाट प्रहरीको मोबाई गस्ती टोलीले अन्दाजी १ सय २५ लिटर बराबरको मदिरा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।