नेपाली कांग्रेसका महामन्त्री कोइराला अस्पताल भर्ना

रिपोर्ट नेपाल | 2020 Sep 16 | 04:10 pm 2420

काठमाडाैं, भदाै ३१ः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन्। कोरोना संक्रमणपछि घरमै आइसोलेसनमा बसिरहेका उनलाई एकाएक ज्वरो आएपछि ओम अस्पताल भर्ना गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

अहिले ज्वरो घटेपनि निमोनिया देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए।

ओमको आईसीयूमा राखेर उपचार भइरहेको छ। ज्वरो अलि कम छ। चेकअपका क्रममा निमोनिया देखिएको छ। अरू अवस्था सामान्य नै छ। प्रवक्ता शर्माले भने।

कोइरालाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली खटिएका छन्।

पीसीआर परीक्षणका क्रममा कोइरालाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि उनी होम आइसोलेसनमा बसिरहेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.