काठमाडौं, भदाै ३०: मंगलबार नेपालमा थप १ हजार ४ सय ५९ जनामा काेराेना संक्रमणा पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याे सँगै नेपालमा संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
त्यस्तै पछिल्लो एक दिनमा ७ हजार २ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन्।