तनहुँ, भदौ ३०ः नेपाल प्रहरीका ४ नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले भर्चुअल प्रविधिबाट तनहुँ स्थित दंगा नियन्त्रण गण परिसरमा विभिन्न जातका तीन सय भन्दा बढी बृक्षारोपणको उद्घाटन गरेका छन् ।
नायब महानिरीक्षक अर्यालले दंगाले आफ्नो परिसरमा फलफूलका बिरुवा लगाएर प्रशंसनीय कार्य गरेको बताएका थिए ।
नेपाल प्रहरीको नवीनतम सुरुवात कार्यक्रम अन्तरगत भर्खरै गणमा सरुवा भएर आएका एसपी दयानिधि ज्ञवालीले सो कार्यक्रमको आयोजना गरेका हुन् ।

बृक्षारोपणमा गणपति ज्ञवालीसहित स्थानीय जनप्रतिनिधि, पत्रकार र गणमा कार्यरत प्रहरी अधिकृत तथा जवान सहभागी रहेका थिए ।
गण परिसरमा आप, निबुवा, कागती, अम्बा, लिची, अंगुर, दालचीनी, अशोका, कपुर, पीपल, स्वामी, बेल लगायतका बिरुवा रोपण गरिएको थियो ।