सँगै सुतेकी साथीको मिलेमतोमा सामुहिक बलात्‍कार, चारै जना पक्राउ

| 2018 Jul 06 | 06:39 am 3768

सुर्खेत, असार २२: महिनावारी हुँदा बस्‍ने छाउगोठमा भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवतीको मिलेमतोमा बलात्कार भएको खुलेको छ। प्रहरीका अनुसार स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालगायत अन्य तीन जनालाई मंगलबार पक्राउ गरिएको जानकारी दिए।

‘निर्मला महिनावारी भएकाले पीडित युवती उनको साथी बस्‍न छाउगोठमा गएकी हुन्’ प्रहरी निरीक्षक रेग्मीले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट निर्मलाकै योजनामा उनीमाथि सामूहिक बलात्कार भएको पाइएको छ।’

प्रहरीका अनुसार राति साढे १० बजेतिर निर्मलाका कान्छो बुवाको छोरा जनक शर्मा, चेतन गिरी र पदम गिरी छाउगोठमा आएका थिए। त्यतिबेला पीडित युवती सुतेकी थिइन्। निर्मला पदमसँग बाहिर निस्किन्। जनक र चेतनले सुरुमा बलात्कार गरे।

‘निर्मला, उनका दाई जनक, चेतन र पदमसमेतको मिलेमत्तो र योजनामा बलात्कार घटना भएको पाइएको छ’ प्रवक्ता शर्माले भने, ‘हामीले सोही अनुसार जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाएका छौं।’

प्रहरीका अनुसार छाउगोठ निर्मलाको घरदेखि १० मिटर टाढा छ। पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ मा आइतबार राति १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। प्रहरीका अनुसार पीडित किशोरीको यौनाङ्ग च्यातिएको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.