काठमाडौं, भदौ २९ः सोमबार जंगी अड्डामा आयोजित कायर्मक्रममा सिपाही बार्षिक २०७६ तथा दि शिवपुरी जर्नलका उत्कृष्ट लेखहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले परस्कार वितरण गरेका छन् ।
उक्त समारोहमा प्रधानसेनापति थापाले सिपाही बार्षिक २०७६ र दि शिवपुरी जर्नलमा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने सहायक रथी सन्तोष वल्लभ पौडेल, द्धितीय हुने प्रमुख सेनानी अनिल कुमार बुढाथोकी र तृतीय हुने प्रमुख सेनानी सुधिर प्रताप सिंहलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार तथा कदर–पत्र प्रदान गरेका थिए ।
त्यसैगरी अन्य सात जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद १० हजार र कदर–पत्र प्रदान गरिएको थियो ।
रणनैतिक र सैनिक महत्वका विषयहरुमा लेख रचना लेख्न प्रेरित गर्दै प्रत्येक वर्ष प्रकाशित गरिने यी जर्नलहरुले अधिकृतहरुको बौद्धिक विकासमा साथै नेपाली सेनाको संस्थागत विकासमा समेत योगदान पुर्याउँदै आएको छ ।
उल्लेखित लेख रचनाको मूल्याङ्कनका लागि विज्ञहरु सम्मिलित मूल्याङ्कन समिति गठन गरी उत्कृष्ट लेखहरुको छनौट गर्ने गरिन्छ ।
सिमित व्यक्तिहरुको उपस्थितिमा कोभिड १९ सम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्डहरु अवलम्बन गरी समापन गरिएको उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा र नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेजका कमाण्डान्ट उपरथी बालकृष्ण कार्की लगायत प्राध्यापक तथा नेपाली सेनाका सिमित अधिकृतहरुको उपस्थिति रहेको थियो ।