पहिरोमा पुरिएका नौ जनाको शब फेला सबैकाे सनाखत(सूचीसहित)

रिपोर्ट नेपाल | 2020 Sep 13 | 03:35 pm 1935

सिन्धुपाल्चोक, भदाै २८ः सिन्धुपाल्चोककाे पहिरोमा परी पुरिएका मध्ये नौ जनाको शब फेला परेकाे छ ।

फेला पर्नेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका छन् ।

बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, यानीमाया प्रधान, दिलमाया श्रेष्ठ, करण श्रेष्ठ, करनकी श्रीमति रिता श्रेष्ठ, मनिष श्रेष्ठ, रबिना श्रेष्ठ, रियाशु शिबभक्ति र दुई महिनाको वालक रहेका छन् ।

त्यस्तै पदम कुमारी श्रेष्ठ, लालबहादुर श्रेष्ठ, लालबहादुरका छोरा छोरी, ट्यक्सि शेर्पा पनि बेपत्ता रहेका छन् । पहिरोले २५ घर बगाएको छ भने २१० घर जोखिममा रहेको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाको टोली घटनास्थल पुगेका छन् । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.