बुटवल, भदाै २८ः आइतबार टिपरको ठक्करबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नपा ४ तौलिहवाका वर्ष ३३ वर्षीय अमित श्रेष्ठ रहेका छन् ।
टिपरकाे ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे हो ।
पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नं.को टिपरले पश्चिमतर्फ आउँदै गरेको ध १ प ९७९५ नं.स्कुटीमा सवार प्रहरी जवानलाई ठक्कर दिँदा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाडले जनाएको छ ।
अर्की एक प्रहरी जवान घाईते भएकी छन् । घाइते हुनेमा रुपन्देहीको सैनामैना नपा ४ की २३ वर्षीया सन्तोषी थारु रहेकी छन् ।
मृतक श्रेष्ठ ईलाका प्रहरी कार्यालय बुर्तिवाङ बाग्लुड दरबन्दी रही हाल जिल्ला प्रहरी कार्यालय बाग्लुडमा कार्यरत थिए । घाईते थारुको दरबन्दी ईलाका प्रहरी कार्यालय बलेवा बाग्लुङ दरबन्दी रही हाल जिप्रका बाग्लुङमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।