काठमाडौं, भदाै २७: शनिबार नेपालमा थप १ हजार २ सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ। यस्तै २४ घण्टामा थप ८ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय ५४ पुगेको छ।