करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु

| 2020 Sep 12 | 02:21 pm 2446

चितवन, भदाै २७ः शनिबार बिहान रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई जना सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजन सुवेदार राजुबाबु श्रेष्ठ र एकजना जवान साजन कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू दुबै जना कालिका नगरपालिका वडा नम्बर ८ शक्तिखोर स्थित सिंहनाथ गणमा कार्यरत सैनिक हुन् । सैनिक कम्पाउण्ड भित्र रहेका रुखको हाँगा काट्दा उनिहरूलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजााने क्रममा र सिपाही साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.