राेल्पा, भदाै २७ः गएराति सुतिरहेको समयमा घर माथिबाट पहिरो खसेर घर पुरिँदा रोल्पामा दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको लुङग्री गाउँपालिका- १, ऐपे गाउँका ११ बर्षीय युवराज घर्ती र ८ बर्षीय अमर घर्ती रहेका छन् । उनीहरूको पुरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक शहदेव डाँगीले जानकारी दिए ।
हजुरबुबा, हजुरआमा र आमासहित ५ जना सुतेकामध्ये दुई बालकको पहिरोमा पुरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुलिचौरले जनाएको छ । अन्य क्षतिबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।