काठमाडौं, भदौ २६ः कोभिड १९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाडौंबाट जारी गरीएको विदेशमा अलपत्र परी उद्दार गरीएका यात्रुहरुलाई आ–आफ्नो घर ठेगानामा पठाउनका लागी होल्डीङ सेन्टरबाट दिईने सवारी अनुमती पत्र (सवारी पास) पानस ब्याङ्क्वेट होल्डीङ सेन्टरमा नेपाल टेलिकमको सिम बितरण गर्न खटीएका एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डिलर प्रतिनिधि जिल्ला गोर्खा आरुघाट १० घर भई हाल काठमाडौ कपुरधारा बस्ने २७ वर्षीय बिश्व प्रकाश पनेरुले रहेका छन् ।
उनले किर्ते सहिछाप गरी सर्बसाधारण व्यक्तिहरुलाई प्रति थान २ दुई हजारमा बिक्रि बितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा शंकास्पद कागजात सहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत्त महाराजगंज पठाईएको प्रहरीले जनाएको छ ।
पनेरुबाट बरामद कोभिड १९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाडौंबाट जारी गरीएको सही छाप गरेको पास १ थान । कोभिड १९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाडौं जारी गरीएको सही छाप नगरेको पास १ थान र नगद २ दुई हजार रहेको छ ।