कर्मचारी क्वारेन्टाइनमा बस्नुपरेपछि बैंक बन्द

रिपोर्ट नेपाल | 2020 Sep 11 | 10:00 am 1627

मकवानपुर, भदाै २६ः कर्मचारीहरु क्वारेन्टाइनमा बस्नु परेपछि मकवानपुरको थाहानगर–४, थानाबजारमा रहेको महालक्ष्मी विकास बैंक पालुङ शाखा बन्द भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि शाखा बन्द गरिएको बैंकले जनाएको छ ।

बुधबार थानाबजारको एक ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि महालक्ष्मी बैंक पालुङ शाखाका कर्मचारीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

बैंकका म्यानेजरलाई बज्रबाराहीस्थित अध्याय रिसोर्टको क्वारेन्टाइनमा पठाइएको छ भने कर्मचारीहरु होम क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बस्नुपरेकाले शाखा बन्द गरिएको बैंकले सूचनामार्फत् जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.