नेपालमा काेराेना संक्रमितकाे संख्या ५० हजार नाघ्याे

रिपोर्ट नेपाल | 2020 Sep 10 | 04:36 pm 1784

काठमाडौं, भदाै २५: बिहीबार नेपालमा थप  १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेर ५० हजार ४ सय ६५ पुगेको छ।

बिहिबार १ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।  कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार सात सय पुगेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.