मोटरसाइकल सहित कपडा बदामद

रिपोर्ट नेपाल | 2020 Sep 10 | 03:47 pm 2596

सर्लाही, भदौ २५ः बुधबार सर्लाहीको बसवरिया गाउँपालिका २ मानपुर कार्यालयबाट खटिगएका प्रनाउ उद्धब सिंह भाटको र ईलाका प्रहरी कार्यालय मानपुरबाट खटिएका प्रहरी गस्ति टोलिले अवैध कपडा सहित मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

गस्ति गर्ने क्रममा बिआर ६० बिएल ९५२९ नम्बरको मोटरसाइकल चालकले प्रहरी गस्ति टोलिलाई देख्ना साथ मोसा र पछाडि बाँधिएको कपडाको पोका छाडि भागेको थियो ।

उक्त पोकामा सुतिको थान कपडा २८ पिस, सिल्क कपडा ३ थान, छाप भएको कपडा ४ थान, ब्लाउज १ सय १० पिस, मार्किङ कपडा ४ पिस, गम्छा–४० पिस, अनुसारका कपडाहरु बदामद गरी कार्यालयमा ल्याई राखिएको र मोटरसाइकल चालक भने फरार रहेको रहेको बताइएको छ ।

त्यस्तै सोफी रक्सी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सर्लाही ब्रहम्पुरी गाउँपालिका ४ झिम नदीको किनारबाट नेपालबाट भरत तर्फ टाउकोमा बोकी लादै गरेको सोफी रक्सी १० काटुन बरामद गरेको हो ।

प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रनानि दिनेश कुमार पंडितको गस्ती टोलीलाई देखि छाडी भागेको थिए ।

उक्त सोफी रक्सी नियन्त्रणमा लिई तालुक जिप्रका सर्लाही तर्फ पठाईएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.