इलाम, भदाै २५ः प्रहरीले इलामको सन्दकपुर गाउँपालिका वडा नं. २ माइमझुवाबाट सात थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले जंगलको एक ओढारबाट ४ थान र अर्को स्थानबाट तीन थान गरी सात थान बन्दुक बरामद गरेको प्रहरीको भनाई छ । तर स्थानीय स्रोतका अनुसार शिकार गर्नेहरूबाट प्रहरीले बरामत गरेको बताएका छन् ।
ओढारबाट बरामद गरिएको र सो बन्दुकहरु कसको हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।