पाल्पा, भदाै २५ः गएराति घर भत्किँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली- ७ खानीगाँउका २२ वर्षका छोरा सुमन कनौजे रहेका छन् । बुधबार राति करिब ११ बजेतिर कान्तिसरा कनौजेको घर एक्कासि भत्किएर उनकाे मृत्यु भएको हो ।
कनौजेलाई स्थानीयले उद्धार गरी उपचारका लागि युनाइटेड मिसन अस्पतालमा ल्याएका थिए । तर उनकाे उपचारकै क्रममा बिहान १ः२५ बजेको समयमा मृत्यु भएकाे चिकित्सकले घोषणा गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कनौजेको घर भत्किँदा २ वटा भैँसी समेत पुरिएको अवस्थामा रहेका छन् । यसबारे उद्धार र थप अनुसन्धान भइरहेकाे बताइएकाे छ ।