भाेजपुर, भदाै २५ः घरायसी विवाद हुँदा देवरले भाउजुलाई मरणासन्न हुनेगरी कुटपिट गर्दा भाउजुको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्केमैयुङ गाउँपालिका ५, खावाका ४८ वर्षीया भाउजु केशरमाया राई रहेका छन् । उनलाई ३५ वर्षीय देवर राजकुमार राईले कुटपिट गरेपछि मृत्युभएको हाे ।
गत भदाै २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए । ज्यान जोगाउने क्रममा सुंगुरको खोरमा लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।
रातको समय भएकाले उनको खोजी गर्दा नभेटिएपछि भोलिपल्ट बिहान २३ गते खोरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिए ।
राजकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।