नेपालमा थप १ हजार ८१ जनामा काेराेना पुष्टि

रिपोर्ट नेपाल | 2020 Sep 09 | 05:07 pm 2302

काठमाडौं, भदाै २४: बुधबार मुलुकभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसँगै नेपालमा काेराेना संक्रमित हुनेकाे कुल संख्या  ४९ हजार २ सय १९ पुगेको छ।

२४ घण्टामा थप ९ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या हजार ३३ हजार पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.