आफ्नै आमालाई करणी गरेको अभियाेगमा एक युवक पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 09 | 01:18 pm 2133

इलाम, भदाै २४ः आफ्नै आमालाई करणी गरेको अभियाेगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  देउमाई नगरपालिका ६ शान्तिडाडाँका २३ वर्षका युवाक रहेका छन् ।

गत भदौ ७ गते ६३ वर्षकी आमालाई जवरजस्ती करणी गरेर फरार रहेका उनलाई इलाम नगरपालिका ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको थियो । उनलाई गए राती प्रहरी निरीक्षक नविन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्त बिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.