काठमाडाैं, भदाै २३ः काठमाडौंको बल्खुस्थित रहेकाे राजधानी हस्पिटलले नेपाल सरकारले निर्देशन गरेअनुरुपको २० प्रतिशत बेड कोराेना संक्रमित बिरामीहरूको लागि तयार पारेको छ ।
समाचारमा दैनिकजसो कोरोनाका बिरामीहरूलाई अस्पतालमा वेड अभाव भइरहेको र अस्पतालहरूले कोभिडका बिरामीको उपचारमा प्राथमिकता नदिएको जस्ता कुराहरू आइरहेको अवस्थामा राजधानी अस्पतालले आफ्नो पचास बेडमध्ये दशवटा बेड कोराेनाका बिरामी उपचारका लागि तयार पारेको र अस्पतालबाट दिइने अन्य बिरामीहरूको सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवम् जनरल फिजिसियन डा. रिङ्कु जोशीले बताए ।
उक्त अस्पतालमा नसा तथा मानसिक रोग न्युरो सर्जन, जनरल तथा ल्याप्रोस्केपिक सर्जन, मुत्र तथा मृगौला पत्थरी रोग, बाल रोग, चर्म तथा यौन रोग, कार्डियाट्रिक भस्कुलर सर्जन, मुटु रोग, नाक कान घाँटी, स्त्रीरोग, दन्त रोग, पेट तथा कलेजोको रोग, हाड जोर्नी तथा नशा रोगलगायत कोभि–१९ कोरोनाका बिरामीले समेत सेवा पाउने र रेडियोलोजिष्ट (भिडियो एक्स–रे सेवा) जुनसुकै समयमा पनि पनि उपलब्ध हुने व्यवस्था अस्पतालले मिलाएको र चौबिस घण्टा इमर्जेन्सी, एम्बुलेन्स, फार्मेसी र आईसीयु अनि भेन्टिलेटर सुविधासमेत रहेको अस्पतालका प्रशासन प्रमुख रोजी अधिकारीले बताए ।
हाल आएर अस्पतालले आफ्ना कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनका लागि सबै तहका स्टाफको कोरोना बिमासमेत गरिदिएको जानकारी अस्पतालले गराएको छ ।
अस्पताल अहिले व्यवस्थापन परिवर्तन गरी युवा व्यवसायी एवम् समाजसेवी युवा शरद अधिकारीले सञ्चालन गर्दै आएका छन् । शुरुमा राजेन्द्र महतोले स्थापना गगरेका अस्पताल हाल आएर मातृभूमिका लागि नेपालीका एक अभियन्तासमेत रहेका अधिकारीले सञ्चालन गर्न थालेपछि अस्पतालले विपन्न तथा निम्नवर्गीय परिवारलक्षित विभिन्न खाले प्याकेज कार्यक्रम तय गरेको र विपन्न वर्गमा पहुँच पुर्याउनका लागि समय–समयमा विभिन्न स्थानमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिआएकोमा हाल शिविर कार्यक्रम स्थगित गरे पनि परिस्थिति सहज भएपछि कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।
राजधानी अस्पतालमा कुनै पनि बिरामी उपचार नपाएर फर्कनु नपर्ने प्रतिबद्धता संचालक पक्षले जनाएको छ ।