सिन्धुली, भदाै २३ः सोमबारदेखि लगातार परेको पानीसँगै आएको बाढीले मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको मरिण गाउँपालिका ७ स्थीत निर्माणाधिन सुकेखोलाको पुलमा क्षती पुर्याएको छ ।
उक्त पुल निर्माणकाे जिम्मा लिएकाे कम्पनीले निमार्ण अवधिमै कार्य सम्पन्न गर्ने उदेश्यले वर्षातको समयमा पनी कामलाई तिव्रता दिई निमार्णधिन २५ मिटर लामो पुलमा क्षती पुगेको हो ।
पुल ढलानका लागि अन्तिम चरणमा रहेको अवस्थामा वर्षातसँगै आएको बाढीले सटरिङ र फर्मा बगाएकाे छ । बाढीले ठूलो क्षति भएको अनक कन्ट्रक्शनका साईड इन्चार्ज संजय बस्नेतले जानकारी दिए ।