कोरोनाले सामाजिक आर्थिक अवस्था प्रभावित

रिपोर्ट नेपाल | 2020 Sep 08 | 08:20 am 1678

काठमाडाैं, भदाै २३ः नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो समय परिवार परिवारमा बढेको छ । विज्ञहरुले लकडाउन खुकुलो हुनु, अनुशासनको पालना कम हुनु, सार्वजनिक यातायातका साधनको प्रयोग बढ्नु तथा पारिवारिक पुनर्मिलन हुनु नै संक्रमित संख्या बढ्नुको कारण औंल्याएका छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको राष्ट्रिय अध्यावधिक विवरणअनुसार सातवटा प्रदेशको २४ घण्टाको तथ्यांकअनुसार निको हुनेको संख्या ६५ प्रतिशत रहेको जनाएको छ । बढी संक्रमित रहेका प्रदेशहरुमा प्रदेश नं २ पहिलो स्थानमा छ भने बागमती प्रदेश दोस्रो, प्रदेश नं १ तेस्रो र प्रदेश नं ५ चौथो स्थानमा रहेको उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको १ सय ६८औं मिडिया ब्रिफिङमा विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा मुख्यरुपमा सामाजिक र आर्थिक अवस्थालाई नराम्ररी प्रभाव पारेको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.