अज्ञात समुहकाे कुटपिटबाट गुल्मीमा एक जनाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 07 | 03:38 pm 1899

गुल्मी, भदौ २२ः सोमबार अज्ञात समुहकाे कुटपिटबाट गुल्मीको इस्मा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर घर भई वडा नं १ को छिनुवामा होटल गर्दै आएका २३ बर्षीय मोती बहादुर कुँवर रहेका छन् ।

कुटपिटबाट गम्भीर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्टले जानकारी दिए । मोती र उनका दाजु यम बहादुर कुवंरले संयुक्त रुपमा होटल संचालन गर्दै आएका थिए ।

यम बहादुरले आफु ९ बजे घर गएको र बिहान आउँदा भाईलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताए । कुटपिटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्टको भनाई छ । गम्भीर घाइते कुँवरको उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

अस्पताल ल्याउँदा मृत्यु भइसकेकोले आफुहरुले मृत्यु घोषणा मात्रै गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारराज पन्थको टोली घटनास्थल गएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.