थानकोट डिपाे नजिकै डिजेल बाेकेकाे ट्यांकर दुर्घटना

रिपोर्ट नेपाल | 2020 Sep 06 | 01:30 pm 3519

काठमाडौं, भदाै २१ः चन्द्रागिरी नपा- ३ थानकोटस्थित नेपाल आयल निगम थानकोट डिपाे नजिक माेडमा अति प्रज्वलनशील पदार्थ डिजेल बाेकेकाे ट्यांकर दुर्घटना भएकाे छ ।

ना ७ ख ७३९ नम्बर ट्यांकर रक्साेल डिपाेबाट थानकाेट डिपाेमा अनलाेडका लागि ल्याएकाे ट्यांकर बाटाेमा मान्छे क्रस गरेपछि बचाउने क्रममा अनियन्त्रित भई  पल्टिएको नेपाल पेट्राेलियम ट्यांकर चालक संघका कार्यालय सचिव बादल लामाले जानकारी दिए ।

ट्यांकरमा २० केएल (२० हजार लिटर) डिजेल रक्साेल डिपाेबाट थानकाेट डिपाेमा ल्याउँदै थियाे । ‘अचानक ड्याम्म आवाज आयाे, के भएकाे रहेछ भनेर घरबाट हेर्दा डिजेल ट्यांकर उतानाे परेछ,’ एक स्थानीयले भने ।

उक्त ट्यांकरका चालक सुरेश बिक भने सकुशल रहेकाे चालक संघका अध्यक्ष ईश्वर लामाले बताए । साे दुर्घटनामा ट्यांकरका पाँच च्याम्बरमध्ये दुई च्याम्बरकाे ४ हजार लिटर डिजेल पाेखिएकाे छ । नजिकै निगमकाे डिपाे भए पनि आगलागी भएर हुनसक्ने ठुलाे दुर्घटनाबाट भने टरेकाे स्थानीयकाे भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.