भदौ १४ पछिको निर्णय उल्टाउने भनेपछि कांग्रेस आक्रोसित

रिपोर्ट नेपाल | 2018 Jul 05 | 02:21 pm 4041

काठमाडौं,असार २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागु भएपछि गरिएका सवै निर्णय बदर गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरित भन्दै सरकार आफैंले मुलुकमा द्वन्द निम्त्याउन खोजेको आरोप लगाएको छ ।

बुधबार राती बसेको मन्त्रिपरिषद बैठकले गत भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेपछि कांग्रेसले प्रारम्भिक प्रतिकृया दिँदै उक्त निर्णय बदनियत र राजनीतिक पूर्वाग्रहका आधारमा गरेको जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नीति नियम भन्दा पनि दम्भ देखाउन थालेको बताए । सरकारले सम्बृद्धिका लागि सहकार्य गर्नुपर्नेमा द्वन्द्व निम्त्याउन खोजेको प्रवक्ता शर्माको भनाइ रहेको छ ।

यसले राजनीतिक समृद्धि हैन द्वन्द्व ल्याउने शर्माको ठहर छ । यदि यसरी सवै निर्णय उल्ट्याउने हो भने, अघिल्लो सरकारले निर्वाचन गराएको छ र त्यहि

निर्वाचनमार्फत यो सरकार बनेको छ त्यसको बैद्यता कति रहन्छ
प्रवक्ता शर्माले यस विषयमा आजै साँझ पार्टीका तर्फबाट पत्रकार सम्मेलन गरेर विस्तृत धारणा सार्वजनिक गर्ने पनि बताए ।

‘यो प्रारम्भिक प्रतिकृया हो सम्भवत भरे बेलुकासम्म पत्रकार सम्मेलन गरेर कांग्रेसको धारणा सार्वजनिक गरिने शर्माको प्रतिकृया छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.