काठमाडौं, भदाै २०: शनिबार देशभर थप एक हजार ४१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशका विभिन्न स्थानमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नयाँ थप संक्रमित पुष्टि भएका हुन् । यससँगै हालसम्म नेपालमा संक्रमित हुनेहरूको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ।
त्यस्तै, आज निको भएर घर फर्कनेहरूको संख्या १ हजार ५ सय ६६ छ भने हालसम्म निको हुनेहरूको संख्या २७ हजार १ सय २७ छ।