अज्ञात समूहद्वारा खाेटाङमा दाजु बहिनीको विभत्स हत्या

| 2020 Sep 05 | 01:18 pm 2852

खोटाङ, भदाै २०ः  जिल्लाको जन्तेढुंगा गाउँपालिका ४ डम्बर्खु शिवालयको सामाताङमा अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी दाजु–बहिनीको विभत्स हत्या भएको छ ।

हत्या हुनेमा ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठ रहेका छन् ।  उनीहरूकाे शुक्रबार साँझ विभत्स हत्या भएको अवस्थामा स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

हत्या गर्नुको कारण भने खुलेको छैन । तर, उनीहरुसँग बहुमुल्य धातु रहेको र त्यही लुट्नका लागि हत्या गरिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

घटनास्थल सदरमुकामदेखि ३० कोष टाढा पर्छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङको टोली पुगेर अनुसन्धान गरिरहेकाे र उक्त घटनाको थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.