काठमाडाैं, भदाै १९ः भदाै १७ गते राति बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको ७,८र ९ वडाको तटीय वस्तीमा भूजी खोलामा आएकाे बाढीपहिराेमा हराइरहेका व्यक्तिहरुको नेपाली सेनाको खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।
नेपाली सेनाको श्रीअर्जुणवाण गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म १४ जनाको शव फेला पारेको छ ।
उक्त पहिरोमा परी हराइरहेका २४ जनाको खोजी कार्य जारी राखेको छ। उक्त स्थानमा शुक्रबार नेपाली सेनाको MI-17 हेलिकप्टरद्वारा गृहमन्त्री राम बहादुर थापाबाट वस्तुस्थिति अवलोकन तथा अत्यावश्यक राहत सामग्री ढुवानी गरिएको छ ।
स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ३० जना खोज तथा उद्धार कार्यमा खट्टिइरहेका छन् ।