ललितपुर, भदौ १९ः कोरोनाको महामारीले मुलुक नै आक्रान्त बनेर सबै लकडाउनमा बसेका बेला कर्तव्यमा खटेका प्रहरीमाथि आक्रमण गर्ने भिजलान्तलाई हदैसम्मको कारबाही गर्न सर्वत्र माग भएको छ ।
बिहीबार साँझ पुल्चोकमा भएको घटनामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई हदैसम्मको कारबाही हुनुपर्ने देशभरका प्रहरी जवानको माग रहेको छ ।
आफ्नो ज्यानलाई भन्दा राज्यको निर्देशनलाई पालना गरी रातो मच्छेन्द्रनाथको रथ नजिकै ड्युटीमा रहेका ट्राफिक जवान कमलप्रसाद घिमिरेमाथि भएको सांघातिक आक्रमण निन्दनीय भएको पनि प्रहरी जवानहरुको भनई रहेको छ ।
आफूरु जनताको जनधनको सुरक्षाका लागि ज्यानको प्रवाह नगरी २४ सै घण्टा खटेको देख्दा देख्दै पनि यसरी धर्म रक्षा गर्ने नाममा आक्रमण गरिनु खेद जनक भएको पनि बताइएको छ ।
दानवीय किसिमले आक्रमण गर्नेमाथि हदैसम्मको कारबाही नभए फिल्डमा खटिने प्रहरीको आत्मबल घट्ने कुरालाई नेतृत्वले बुझ्न जरुरी छ ।