संखुवासभा, भदाै १९ः शुक्रवार विहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार यसअघि बझाङ केन्द्र बनाएर गत भदौ ९ गते ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो । केही दिन यता भूकम्पका धक्का महशुष हुन थालेका छन् । भुकम्प विद्हरुले यसलाई पनि पराकम्पनै भनेक छन् ।