नेपाली सेनाद्वारा बहिरा विद्यालयलाई भौतिक सामाग्री सायोग

| 2020 Sep 03 | 08:21 pm 2167

सिन्धुली, भदौ १८ः जिल्लाको कमलामाई नगरपालिका ६ स्थित रहेको नवज्योती बहिरा माध्यमिक विद्यालयको भान्छा घर र डाइनिङ हल एक कार्यक्रमबीच बुधबार श्री नम्बर ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धुर्वप्रकाश शाह र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले संयुक्त रुपमा उद्घाटन गरी विद्यालयका प्रधानाध्यापक विजय तामाङलाई हस्तान्तरण गरेका छन् ।

जिल्ला स्थित कार्यलयका पदाधिकारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वम्भर लामिछानेले विद्यालयको तर्फबाट बर्द बहादुर गणका गणपतिलाई प्रशंसापत्र समेत प्रदान गरेका थिए ।

स्थानीय जनतालाई प्रत्यक्ष एवम् शिघ्र फाइदा पुग्ने परियोजनाहरु संचालन गर्ने संगठनको नीति अनुरुप प्रयास स्वरुप फरक क्षमता भएका बहिरा बालबालिका अध्ययन गर्ने विद्यालयको छनौट गरी उक्त विद्यालयको भौतिक पूर्वधारको निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.