दाङ, भदौ १८ः अवैध रुपमा तास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका १४ पननपुरबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मधुकर बस्नेत, माधव विक, दिपक वादी, राजाराम विक, निर्मल केसी, चुडामणी खत्री, भागवत डाँगी, बाबुराम नेपाली, निम बहादुर केसी, विकेश परियार, दिपक डाँगी, प्रधुन धिताल र बसन्त बुढाथोकी रहेका छन् ।
उनीहरुलाई गोप्य सूचनाको आधारमा जिप्रकाबाट खटिएको टोलीले निमबहादुर केसीको घरमा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
उक्त तासको खालबाट प्रहरीले ६३ हजार ८ सय ४० रुपौयां र १ बुक नखोलेको र ५ बुक खोलेको तास समेत बरामद गरेको दाङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिप्रका कार्यालयमा ल्याई थप अनुसन्धान भईरहेको बताइएको छ ।