काठमाडौं : बुधबार नेपालमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसँगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएका छन्।