नेपालमा थप एक हजार ६९ जनामा काेराेना संक्रमण

रिपोर्ट नेपाल | 2020 Sep 01 | 05:02 pm 1864

काठमाडौं, भदाै १६: मंगलबार देशभर एक हजार ६९ जनामा काेराेना संक्रमण पुष्टि भएका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नयाँ संक्रमित थपिएका हुन् । याे सँगै नेपालमा संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.