अनलाइनबाटै सोह्र श्राद्ध

रिपोर्ट नेपाल | 2020 Sep 01 | 02:27 pm 2885

काठमाडौं, भदाै १६ः विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले दुई हप्तादेखि निषेधाज्ञा जारी भइरहेकाे छ । मानिसहरुलाई बाहिर आवतजावतमा समेत कडाइ गरिएको छ ।

नेपालमा काेराेना संक्रमण देखा परेसँगै मानिसहरुलाई भौतिक दूरी कायम गर्न आग्रह गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि मानिसहरु एकले अर्कोको घर जानसमेत डराउनु परेको अवस्था छ । कोरोनाकै कारण नेपालमा मनाइदै आएका महत्वपूर्ण चाड पर्वहरु प्रभावित भएका छन् ।

यहीबीच भाेलीबाट सुरु हुने स्रोह्र श्राद्ध पनि कोरोनाकै कारण प्रभावित हुने भएको छ । तर, याे कार्यलाई हाम्राे संस्कारमा जाेगाई सुरक्षित तबरले  पितृहरुलाई स्मरण गर्दै गरिने श्राद्ध अब अनलाइबाट हुने भएको हो ।

उक्त विधि अनलाइन एस्ट्रो नेपालले अनलाइबाटै स्रोह्र श्राद्ध सुरु गर्ने भएको हो । कोरोना संक्रमणबाट आफू पनि बचौं र अरुलाई पनि बचाउ भन्‍ने नारासहित अनलाइनबाटै श्राद्ध गर्ने व्यवस्था गरिएको हो ।

१० जना पण्डितसँग सहकार्य गरेर भोलिदेखि अनलाइनमार्फत श्राद्ध गर्न सुरु गरिने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.