आज पनि धादिङमा भूकम्प

रिपोर्ट नेपाल | 2018 Jul 05 | 10:05 am 3336

काठमाडौँ, असार २१: धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज (बिहीबार) पुनः गोरखा भूकम्पको धक्का महशुस गरिएको छ।

बिहान ७:२१ बजे ४.१ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको परकम्प गएको थियो।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.