गौबध मुद्दाका फरार व्यक्ति ६ बर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 31 | 09:00 pm 2212

तनहुँ, भदौ १५ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा गौबध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. २ दुलेगौडाका ३१ वर्षीय भरत थापा भन्ने बिशाल पुन रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७१ फागुन १८ गतेको फैसलाले १२ बर्ष कैद हुने गरी सजाय ठहर भएकोमा उक्त कैद भुक्तान नगरी हालसम्म फरार रहेका थिए ।

उनलाई ईलाका प्रहरी कार्यलय बेलचौतराको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७७ भदौ १५ गते घरमै फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

उक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको तनहुँ प्रहरीले जनाएको छ ।

त्यसैगरी सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई ३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका वडा नं. १ डुम्रेबेशीका२२ वर्षीय बालकृष्ण भुजेल भन्ने बल बहादुर घर्ती रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७४ साउन ३१ गतेको फैसलाले २ बर्ष कैद हुने गरी सजाय ठहर भएकोमा उक्त फैसला उपर १ बर्ष ११ महिना ५ दिन कैद भुक्तान नगरी हालसम्म फरार रहेका निजको ईलाका प्रहरी कार्यलय बेलचौतराको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मिति २०७७ भदौ १५ गते पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको जनाएको छ ।

त्यस्तै केही सार्वजनिक अपराध मुद्दाका फरार व्यक्ति ५ बर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. १३ पोखरीभञ्ज्याङका २४ वर्षीय सुनिल वाचे मगर रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७२ चैत १६ गतेको फैसलाले ५ हजार जरिवाना ठहर भएको थियो ।

उक्त जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका निजको खोजतलास गर्ने क्रममा मिति २०७७ भदौ १५ गते घरमा फेला पारी पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको जरिवाना भुक्तान गरी छुटेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.