डा भोला रिजाल दम्पतीमा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Aug 31 | 07:38 pm 1971

काठमाडाैं, भदाै १५ः वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण देखिएपछि रिजाल ह्याम्स अस्पताल भर्ना भएका छन्।

शनिबार गरिएको पिसीआर परीक्षणमा आफू र पत्‍नी दुवैलाई कोरोना संक्रमण पुष्टि भएको डा रिजालले बताए।

अहिले रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

उच्च मनोबल भएमा कोरोनालाई परास्त गर्न सकिने बताएका छन्। उनले सबैको शुभेच्छा र हौसलाले चाडै संक्रमण मुक्त हुने विश्वास व्यक्त गरे। संक्रमण मुक्त भइसकेपछि पुन: फ्रन्टलाइनमै खटिएर सेवा प्रवाह गर्ने उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.