सुन्दर यातायातले दियो ट्राफिकलाई सेनीटाइजर

| 2020 Aug 31 | 05:47 pm 3887

काठमाडौं, भदौ १५ः निजी क्षेत्रबाट विद्युतीय बस संचालन गरी यात्रुलाई सेवा दिँदै आएको सुन्दर यातायात प्रालिले सडकमा खटिने ट्रफिक प्रहरीका लागि सेनीटाइजर र मास्क हस्तान्तरण गरेको छ ।

No description available.

यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले ट्राफिक प्रहरी महाशाखामा पुगेर एसपी बामदेब गौतम र रामेश्वर यादवलाई २५ लिटर सेनीटाइजर र दुई हजार थान मास्क हस्तान्तरण गरेका थिए ।

No description available.

सुन्दर यातायात प्रालिले सडकमा खटिने ट्राफिकलाई संक्रमणबाट बचाउन हस्तान्तरण गरेको सामाग्री ग्रहण गर्दै एसपी गौतमले धन्यवाद दिएका थिए ।

यातायातका अध्यक्ष भेषबहादुर थापाले सावैजनिक अत्तरदायित्व निर्वाह गरेको बताएका थिए ।

No description available.

अत्यन्तै सुविधा सम्पन्न विद्युतीय बस संचालन गरेको यस कम्पनीले यस अघि यात्रुको ज्वरो नापेर यात्रा गराएको थियो ।

मास्क नभएका यात्रुलाई मास्क दिएर सेनीटाइजर लगाउन दिएपछि मात्रै यात्रा गराएको कम्पनीले पछिल्लो समय सडकमा जोखिम मोलेर ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई सामाग्री दिएर प्रशंसनीय काम गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.