रोगका अगाडि धन सम्पत्ति केही होइन

रिपोर्ट नेपाल | 2020 Aug 31 | 09:22 am 3279

  • बसन्त भुजेल

कोरोना भाइरस बनावटी हो । केही दुष्ट बैज्ञानिकहरुले आविष्कार गरेको जैविक हतियार हो । कोरोना १ प्रतिशत रोग हो, ९९ प्रतिशत राजनीति हो । विश्वव्यापी अवाञ्छित प्रतिस्पर्धाका क्रममा न्युक्लियर, बायोलोजिकल, केमिकल (एनविसी) को भण्डार शक्ति राष्ट्रहरुसँग छ । दोस्रो विश्वयुद्ध पछि आम नरसंहार हुने प्रत्यक्ष लडाँइ को ठाउँ शितयुद्धले लियो । शितयुद्धका क्रममा यस्ता धेरै हतियार बनाएर तत्कालिन शोभियत संघले भण्डारण गर्यो । त्यसको प्रतिस्पर्धामा अमेरिका उत्रने त भइहाल्यो । पछिल्ला दिनमा चीन पनि महाशक्ति राष्ट्र बन्ने दौडधुपमा जुटेको छ । चीनको यो प्रगति परम्परागत शक्ति राष्ट्रका लागि इष्र्याको मामिला बन्नु स्वभाविकै हो । अहिलेको युद्ध भनेको आर्थिक रुपमा अरु मुलुकलाई कसरी उछिन्ने भन्ने हो ? यसका लागि भित्री चलखेलहरु निकै हुने गर्दछन् । कोरोना भाइरसको उत्पादन यस्तै अवान्छित प्रतिस्पर्धाको परिणम हो । यस्तो प्रतिस्पर्धामा चेपुवामा पर्ने भनेका गरिव र अविकसित मुलुकहरु नै हुन् । धनी मुलुक झन् झन धनी बन्दै जाने र गरिव मुलुक झन् झन् गरिव बन्दै जाने अवस्था यो परिस्थितिले सिर्जना गरेको छ ।
धनी मुलुकहरुले आफ्ना प्रतिस्पर्धीलाई कमजोर बनाउन अवलम्वन गर्ने अनेक हथकण्डाको एउटा माध्यम जैविक हतियार हुन सक्ने अनुमान दोस्रो विश्वयुद्धको अन्त्यका बेला देखि नै गरिएको थियो । विश्वको सबै भन्दा धेरै जनसंख्या रहेको चीनलाई अमेरिकाले आफ्नो बजार ठान्दै आएको थियो । रुसलाई साइजमा ल्याएपछि पुग्यो भन्ने ठम्याइमा अमेरिका थियो । तर चीन अप्रत्यासित रुपमा अमेरिका सँग नै आर्थिक प्रतिस्पर्धा गर्ने हैसियतमा पुग्यो । चीनको बढ्दो हैसियतलाई साइजमा ल्याउनका लागि मुख्य औद्योगिक शहर हुनानमा कोरोना नामक जैविक भाइरसको प्रयोग गरियो । सँग सँगै युरोप महादेशका आर्थिक हैसियत माथि भएका बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकमा प्रयोग गरियो । तर अमेरिका आफै अछुतो रहेन ।

अहिलेसम्मको तथ्यांकमा सबैभन्दा धेरैको ज्यान अमेरिकामै गएको छ । प्राकृतिक साधन र स्रोतले अति सम्पन्न दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पनि निकै भयावह अवस्था सिर्जना गरेको छ । त्यस बाहेक कुनै कुनै बेला अमेरिकालाई सिधै टक्कर दिएको रुस र विश्वको दोस्रो ठूलो जनसंख्या भएको मुलुक भारत पनि धेरै नै प्रभावित बनेको छ ।

अहिलेसम्मको अवस्थालाई हेर्दा रुसले करिव करिव नियन्त्रणमा लिन लागेको हो कि जस्तो देखिन्छ । उसले स्पुतानिक –५ नामक खोप उत्पादन गरी प्रयोगमा ल्याएको दावी गरेको छ । करिव तीन साता अघि रुसले गरेको यो दावी र रुसमा अहिले देखिएको केरोना संक्रमणदरको कमीलाई हेर्ने हो भने रुस सफल भएको पो हो कि, जस्तो देखिन्छ । सबै भन्दा भयावह अवस्था उत्पन्न हुँदा हुँदै पनि अमेरिका खासै गम्भीर जस्तो देखिन्न । उत्पादन गर्ने उमेर पार भइसकेका नागरिकहरुलाई भत्ता दिएर पाल्नु पर्ने बोझ घटाउनका लागि पनि अमेरिकाले चासो नदिएको हो कि भन्ने आशंका पनि गरिएको छ । पुरै नियन्त्रण गर्ननसके पनि खोपको माध्यमबाट धनी देशहरुले केही हदसम्म कोरोना संक्रमण नियन्त्रण गर्न सक्ने संकेत देखिएको छ । उनीहरुको दाउ भनेको गरिव तथा अविकसित मुलुकहरुलाई खोप बेचेर ठूलो धनराशी कमाउनु हो ।

कोरोनाले गरिव मुलुकलाई झन्झन् गरिव र धनी मुलकहरुलाई झन् झन् धनी बनाउने संकेत देखाएको छ । तर यो भनेको धनी मुलुकहरुका लागि पिसावको न्यानो जस्तै हो । भाइरस उन्मुलन गर्न त्यति सहज छैन । तत्कालका लागि नियन्त्रणमा आए पनि बेला बेलामा महामारीको रुप लिने निश्चित जस्तै छ । भाइरस भनेको आफूलाई बाँच्नका लागि तत्कालै स्वरुप तथा गुण परिवर्तन गर्न सक्ने तत्व हो । त्यसैले भाइरस नियन्त्रणका लागि खोप तथा औषधी उत्पादन गरेर साध्य नै छैन । आज काम गरेको औषधी तथा खोपले भोली काम गर्दैन । यो देखेर नै केही दुष्ट बैज्ञानिकहरुले भाइरस रुपी जैविक हतियार निर्माण गरेका हुन् । भोली पनि यस्ता हतियार निर्माण हुँदै जानेछन् । हामी जस्ता गरिव मुलुकहरुले यो नियती सहन गर्नु बाहेक अरु विकल्प छैन ।

एचआइभी, इवोला, हेपाटाइटिस्, प्लेग, मलेरिया, स्वाइन फ्लु, लगाउतका रोगहरु निमिट्यान्न पार्नु अहिले पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का लागि चुनौतीको मामिला बनेको अवस्थामा कोरोना थपियो । नयाँ रोगका भाइरसहरु उत्पादन गर्दै जाने श्रृंखलाले भोली पृथ्वीमा मानव अस्तित्व नै धरापमा पर्ने त होइन ? भन्ने चिन्ता छाएको छ । तसर्थ डब्लुएचओको मुख ताक्नु भन्दा धनी हुने लोभमा मानव सृष्टि माथिनै खेलवाड गर्ने केही लोभी पापीहरु प्रति सर्तक हुनु जरुरी छ । विश्वलाई स्वास्थ्य राख्नका लागि ठूला मुलुकको ठूलो भूमिका हुन्छ ।

तर यहाँ निर खट्किएको अर्को पाटो पनि छ । हामी नेपालीले आफैलाई चिनेनौ । आयुर्वेदका आविश्कारक मध्येका कश्यम ऋषि हाम्रै भूमीमा जन्मेका हुन् भन्ने कुरा पुष्टि भइसकेको छ । आयुर्वेद अनुसारका जडिवुटी पत्ता लगाएर औषधी निर्माण गर्ने धनवन्तरी पनि नेपाली नै हुन् । मानव स्वास्थ्यका हरेक उपाय आयुर्वेदमा उल्लेख छन्, तर त्यसलाई हामीले बिर्सियौं । यदी हामीले निरन्तरता दिन सकेको भए यस्ता जैविक हतियारले केही लछारपाटो लगाउन सक्ने थिएनन् । पश्चिमाहरुले सुरुमा हाम्रो आयुर्वेदिय ज्ञानलाई समाप्त गरे , त्यसपछि अनेकथरी रोगको उपचार तथा खोपको नाममा हामी माथि नै ब्रह्मलुट मच्चाइरहेका छन् । कोरोनाकै सन्दर्भमा हेरौं, माक्स, स्यानिटाइजर, पिपिए, पिसिआर लगायतको खरिदमा नेपाल जस्तो गरिव मुलुकले समेत अहिलेसम्म १० –१२ अर्ब रुपैंया खर्च गरिसकेको छ । यस्ता १०–१२ अर्ब रुपैंया हरेक महिना खर्च हुने अवस्था सिर्जना भएको छ । विश्वव्यापी रुपमा यसरी खरिद बढ्दा माक्स, स्यानिटाइजर, पिपिए, पिसिआर लगायत उत्पादकहरुले कति कमाएका होलान ? हिसाव जोड्दा सामान्य क्यालकुलेटरले अंक धान्दैन । पैसा कमाउनका लागि गरिने यहाँ भन्दा ठूलो फोहोरी तथा अपराधिक क्रियाकलाप अर्को के हुन सक्छ ? तसर्थ विश्वका ठूला देशहरु जबसम्म इमान्दार हुँदैनन् तबसम्म मानव जातिले यस्तै कष्ट बेहोर्नु पर्ने देखिन्छ । कि त हामीले आफ्नो आयुर्वेदिय ज्ञानलाई पुन उजागर गर्नु पर्यो ।

ठूला देशहरुको सूचि हेर्दै कुन देशमा कति मरे ? भनेर आरोप लगाउने होडवाजी गर्नु भन्दा यस्ता महामारी आउन नदिनका लागि डब्लुएचओले विशेष ध्यान दिनु पर्छ । नयाँ सोचको जरुरी छ । तर मानव स्वास्थ्यको रक्षाका लागि हामी कहीँ कतै चुकेका त छैनौं ? किनकी २१औं शताव्दीमा यति धेरै मानिस रोगको महामारीले मर्नु भनेको डब्लुएचओ फेल हुनु हो ।

बास्तवमा भन्ने हो भने उन्नतीको लक्ष भनेकै मानव जीवनलाई सुखी र सहज बनाउनु हो । चन्द्रमामै शहर बसाल्न हामीले सक्यौं भनेपनि मानव जीवन सुखी खुसी र सहज नभए सम्म कुनै अर्थ हुँदैन । मानव जीवन खुसी , सुखी र सहज हुनका लागि पहिलो शर्त भनेको स्वास्थ्य नै हो । आर्थिक रुपमा गरिव नै किन नहोस् रोगी मानिसको तुलनामा स्वास्थ्य मानिस सुखी र खुशी हुन्छ । जति सुकै धनी किन नहोस् स्वास्थ्य मानिसको तुलनामा रोगी मानिस खुसी हुनै सक्दैन । रोगको उपचार हुन नसकेर उमेरमै कुनै सदस्यको ज्यान गएको छ भने त्यो परिवार कहिल्यै सुखी र खुसी हुन सक्दैन चाहे, हिरा मोती जुहारत, विमानहरुको मालिक नै किन नहोस् । जती सुकै सम्पत्ति भए पनि रोगी मानिसले उपयोग गर्न सक्दैन । सम्पत्ति स्थायी होइन, स्वास्थ्य स्थायी हो । सम्पत्ति त कुनै ठूलो प्राकृतिक प्रकोपले ध्वस्त हुनसक्छ , तर स्वास्थ्य र ज्ञानलाई प्राकृतिक प्रकोपले नष्ट गर्न सक्दैन । ज्ञानी र स्वास्थ्य मान्छेले आविश्कार गर्न सकिहाल्छ । उदाहरणका लागि अहिलेको कोरोना महामारीलाई नै हेरौं । जति सुकै धनी भए पनि उसको उपचार नहुने भयो । के अर्थ भयो बैंक व्यालेन्सको ? औषधीको सट्टा सम्पत्ति खाएर रोग निको हुँदो रहेनछ क्यारे । अलंकार, पद, धन सम्पत्ति, पावर, सबै क्षणिक रहेछन् ।

गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ –‘तिमी खाली हात यो संसारमा आउछौ र खाली हात जान्छौ । जुन कुरा आज तिम्रो छ, त्यो हिजो कसैको थियो, र भोलि अरु कसैको हुनेछ । यसकारण तिमि जे काम गर्छौ त्यो भगवानलाई समर्पण गर ।’

यसैगरी गीतामा भनिएको छ –
न जायते म्रियते वा कदाचिन्, नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शाश्वतोऽयं पुराणो, न हन्यते हन्यमाने शरीरे ।।२०।।
अर्थात्, आत्माका लागि न कहिल्यै जन्म छ, न मृत्यु । ऊ आजन्मा छ, नित्य छ, शाश्वत छ र सबैभन्दा पुरानो छ । शरीर मर्दा पनि यो मर्दैन । यसैबाट हामीले आत्मको ज्ञान पाउन सक्छौं । आफ्नै आत्मालाई खुशी बनाउनु नै सबैभन्दा ठूलो मोक्ष हो भन्ने ज्ञान पनि हामीबाट नै पाउन सकिन्छ ।

गीता रुपी उपदेश दिने क्रममा भगवान श्रीकृष्णले आजभन्दा करिब ५००० वर्ष पहिले गरिएका यी भविष्यवाणी अहिले सत्य सावित हुँदैछन् ।

धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ । कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ । कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ । पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन् । व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ । पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ । व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ । जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ । जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ । कुनै व्यक्तिसँग धन छैन भने उ अधर्मी मानिनेछ । छल र कपटलाइ सद्गुण मानिनेछ । केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ । एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ । भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ । जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ । जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्ये जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ ।

विश्वमा यतिबेला विलगेट्स्, वारेन बफेट, मुकेश अम्वानी लगायतका धनाढ्यहरु सबैका वाही वाही बनेका छन् । तर उनीहरुले पनि स्वास्थ्य र आयु किन्न सकेका छैनन्। भरखरै सुनियो , नेपालका अर्बपति विनोद चौधरी पनि कोरोना संक्रमित भए रे । के उनको सम्पत्तिले उपचार संभव छ त ? स्वास्थ्य र आयु सम्पत्तिले किन्न सकिन्न । धनी होस् या गरिव कसैको पनि कात्रोमा खल्ती हुँदैन ।
पावर र पैसाको घमण्ड भन्दा भौतिक शरीर नरहे पनि सँधै बाँचिरहेका गौतमबुद्ध, महात्मा गान्धी, नेल्शन मण्डेलालाई सम्झौं । सवैभन्दा ठूलो मानवता हो । मानवता भन्दा ठूलो धर्म केही छैन ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.