रौतहट, भदाै १५ः घाँस काटन गएकी एक महिलाको उखुबारीमा शव भेटिएको छ । फेला पर्नेमा जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुर गाउँकी अन्दाजी ४० वर्षीया मिन्त्रा देवीकाे रहेका छन् ।
सो गाउँका सकल बैठाकी श्रीमती मित्रा देवी बिहान १० बजे घाँस काट्न भनेर घरबाट निस्केको र उनको शव उखु बारीमा घाटीमा आफ्नै सारिले बेरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।
स्थानीयले शब देखेपछि प्रहरी चौकी वरियारपुर र इलाका प्रहरी कार्यालय गरुडामा खबर गरेकाे थियाे । खबर प्राप्त भएपछि प्रहरीको टोली घट्नास्थल पुगेको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिराखेको प्रहरी उपरीक्षक खडकाले बताए । स्थानीयले महिलाको हत्या भएको आशंका गरेका छन् ।