५ लाख ३० हजार नगदसहित कार्यालय प्रमुख अख्तियारकाे फन्दामा

रिपोर्ट नेपाल | 2020 Aug 30 | 08:08 pm 1956

बुटवल, भदाै १४ः प्रदेश नम्बर ५ भौतिक पूर्वाधार बिकास कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख मनिष कुमार अर्याललाई ५ लाख ३० हजार नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले बुटवलबाट पक्राउ गरेको छ ।

कामको सिलसिलामा मन्त्रालय आएको समयमा अक्तियार अनुसनधान आयोग बुटवल कार्यालयले अर्यालसंग स्रोत नखुलेको उक्त रकमसहित भौतिक पुर्वाधार बिकास मन्त्रालय बुटवल उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका कार्यालय प्रमुख डा. भिष्म भुषालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.