तनहुँ, भदौ १४ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा लागूऔषध डाईजेपाम मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं १ भादगाउँ माईलीडाँडा बस्ने २४ वर्षीय दिपक सुनार रहेका छन् ।
उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७६ फागुन २८ गतेको फैसलाले २ बर्ष कैद र १ लाख जरिवाना हुने गरी सजाय ठहर भएको थियो ।
उक्त फैसला पश्चात् फरार रही बाँकी रहेको कैद र जरिवाना भुक्तान गर्न निजको खोजतलास गर्ने क्रममा मिति २०७७ भदौ १३ गते घरमै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
उनलाई पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय तनहुँ पठाएको तनहुँ प्रहरीले जनाएको छ ।