एसपीको बदनाम गर्न इनेस्पेक्टर कुर्मी सकृय

रिपोर्ट नेपाल | 2020 Aug 27 | 03:04 pm 2402

सर्लाही, भदौ ११ः जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हालै हाजिर भएका एसपी सन्तोषा राठौरको बदनाम गराउन उनकै इनेस्पेक्टर राजुप्रसाद कुर्मी लागी परेका छन् ।

नेपाल प्रहरीमा कर्तव्यनिष्ठ अधिकृत भनेर चिनिने राठौरलाई मिलाउन सक्छु भन्दै इनेस्पेक्टर कुर्मीले भदौ १० गते केही व्यापारीको बैठक गराएका थिए ।

उनले व्यापारीलाई आवस्त पार्दै १० दिन चुप लागेर बस्नु एसपीलाई मिलाउँछु भन्दै म पनि दोस्रो राठौर नै हो भनेको सर्लाहीका तस्करहरु भन्दै हिडेको समाचार स्रोत बताउँछ ।

एसपी हाजिर भएपछि तनाबमा रहेका प्रशासन र घुमुवाको समेत कमाण्ड गरेका कुर्मी राति १० बजेदेखि १२ बजेसम्म विभिन्न चौकीमा पुगेर इन्चार्जहरुलाई तर्साउने गरेका छन् ।

एसपीले हटटाउन निर्देशन दिएको भन्दै इन्चार्ज बस्नेका लागि रकम चाहिने भन्ने गरेका छन् ।

हिजो बुधबार साँझ प्रहरी चौकी त्रिभुवननगरका इन्चार्ज सई प्रविण भट्टराई, इलाका प्रहरी कार्यालय कर्मैयाका मोहनमणी कटुवाल र इलाका प्रहरी कार्यालय हिरापुरका राजकुमार यादवलाई भेटी इन्चार्जमै राखिदिने भन्दै रकम बुझेको समाचार स्रोत बताउँछ ।

रिपोर्ट नेपालले इनेस्पेक्टर कुर्मीको संरक्षणमा घुमुवाले तस्करीको लाइन खोलिदिने गरेको समाचार प्रकाशित गरेपछि त्यहाँका घुमुवालाई प्रहरी प्रधान कार्यालय तानेको थियो ।

लामो समय देखि प्रशासन र घुमुवाको कमाण्डर बनेर तर मारिरहेका इनेस्पेक्टर कुर्मीलाई हालका एसपी राठौरले कस्तो जिम्मेवारी दिने हुन् हेर्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.