चितवन, भदाै ११ः बिहीबार बिहानै मुग्लिन-नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित मुग्लिन नजिकै २ किलोमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएकाे हो।
पहिरोका कारण सडक दुइतर्फी अवरुद्ध भएको बताइएकाे छ। पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम गर्न नसकिने ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।