दिसा पीसावमै राेमलिएका राजकुमारलाई सहयाेग गर्न भुजेलकाे आग्रह

| 2020 Aug 26 | 05:15 pm 3093

गुल्मी, भदाै १०ः रेसुङ्गा नगरपालिका वडा नम्बर ८ काे बाख्रेछेडा नजिकै ऐलानी जग्गामा थाेत्रा टिनले बारेर बसेकाे एक जाेडीकाे हरिबिजाेग देखेपछि बरिष्ठ समाजसेवी रूद्रबहादुर भुजेलले ति अपाङ्ग जाेडीका लागि  दुई काेठे घर र अपाङ्ग मैत्री शाैचालय बनाउन सहयाेगकाे याचना गरेका छन् ।

No description available.

तमघासबाट समाजसेवी भुजेलले रिपाेर्ट नेपाललाई दिएकाे जानकारी अनुसार लामाे समयदेखि श्रीमान श्रीमतीलाई प्यारालाइसिस भएपछि असहाय बनेका राजकुमार शाक्यकाे दयनिय अवस्था रहेकाे छ ।

बाटाे नभएकाे भिरालाे जग्गामा टिनले बारेका छप्परले घाम पानी दुबै छेक्दैन भने दिसा पीसाव विस्तारामै गर्न बाध्य रहेका छन् ।  खाने गाँस समेत नभएका कारण स्थानीयहरूले ल्याएर दिने गरेकाे भुजेल बताउँछन् ।

छाेराले लेभर काम गरेर ल्याएकाे पैसाले जेनतेन हातमुख  जाेर्न पाएकाे शाक्यकाे परिवारमा लकडानउनपछि कन्त बिजाेग छ ।

भित्र पस्दा दिसा पीसाव गन्हाएर बस्न नसकेकाे भन्दै समाजसेवी भुजेलले याे असहाय परिवारकाे सानाे घर बनाउन आफू सक्दाे सहयाेग गर्न तयार भएकाे बताउँछन ।

याे परिवारलाई घाम पानी छेक्ने र अपाङ्ग मैत्री शाैचालय बनाउन सहयाेग गरियाे भने महायज्ञ गरे भन्दा बढी धर्म हुने भुजेलकाे भनाई रहेकाे छ ।

केही समय अघि बिदेशमा रहेका चन्द्र छन्तेलका दाजुभाइले लत्ताकपडा र केही रकम सहयाेग गरेका कारण राजकुमारकाे परिवारले छाक टारेकाे पनि भुजेलले रिपाेर्ट नेपाललाई बताए ।

केही दिन अगाडि राजकुमार शाक्यकाे अवस्था बुझ्न गएकी आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष एवम् प्रबन्ध निर्देशक गंगा रायमाझीले आफू स्वयम् अपाङ्ग भएपनि त्याे परिवारकाे दर्दनाक दृष्य देख्दा आँखाबाट आँसु आएकाे बताइन् ।

आकाशबाट आएकाे घाम पानी केही नओत्ने छप्पडमा शाैचालय छैन दिसा पीसाव बिस्तारामै गर्ने गरेकाे पनि रायमझीले रिपाेर्ट नेपाललाई बताइन् ।

रायमाझीले अगाडि भनिन् गरिबीकाे पनि सीमा हुन्छ यस्ताे दर्दनाक अवस्था मैले  आजसम्म देखेकी छैन । आफ्नाे संस्थाले अपाङ्ग मैत्री कुर्सी दिने विचार भए पनि गुडाउने ठाउँ नभएकाे रायमाझीकाे भनाई रहेकाे छ ।

त्यस्तै अर्का समाजसेवी एवम् गाेर्खा ग्रीन इनर्जी कम्पनीका अध्यक्ष बसन्त भुजेलले पनि देश बिदेशमा भएका सबै इष्टमित्रलाई राजकुमार शाक्यकाे घर बनाउने अभियानमा सक्दाे सहयाेग गर्न आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.