काठमाडौं, भदाै १०ः उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र केन्द्रका अनुसार बुधबार दिउँसो काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रेक्टरस्केलको भूकम्प गएको हो।
२ बजेर ४६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।