जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 26 | 02:58 pm 2582

दाङ, भदौ १०ः जबरजस्ती करणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय सन्दिप चौधरी रहेका छन् ।

चौधरीलाई सम्मानीत जिल्ला अदालत दाङबाट २०७३ भदौ २७ गते सामुहिक जबरजस्ती करणी मुद्दामा फैसला भई १० वर्ष ३ महिना १९ दिन कैद सजाय तोकेको थियो ।

उक्त कैद सजाय फैसला पश्चात् हालसम्म फरार चौधरीलाई खोजतलास गर्दै जाँदा २०७७ भदौ ९ गते राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा लुकिछिपी हिडीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ गरी अभियुक्तलाई आज बुधबार सम्मानीत जिल्ला अदालत दाङमा बुझाइएको दाङ प्रहरीले जानकारी दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.